झोरमा पर्यटन प्रवदन गर्ने चण्डेश्वरी देखि बौडेश्वर पद मार्ग निर्माण हुदै

काठमाडौ  असोज १० टोखा नगरपालिका वडा न १ झोर देखि वडा न २ को चण्डेश्वरी सम्म पर्यटन प्रवदन गर्ने पदमार्ग निर्माण हुनेभएको छ। नेपाल पर्यटन बोड ,टान युएन डिपि र टोखा नगरपालिकाको सहकार्यमा जिविकोपार्जन पूनंरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तरगतल पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमले उक्त पदमार्ग निर्माण गर्ने लागिएको हो ।         पदमार्ग निर्माण गर्ने १२० जनाले १० दिन काम गरने युएन डिपि का परियोजनाका प्राविधिक अमित विष्टले बताए ।टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले पदमार्ग निर्माणका लागि खटिने मजदुरलाई अौजार दिएर शुभआरम्भ गरेका थिए। कार्यक्रममा मनतब्य राख्दै मेयर अधिकारीले झोर टोखा नगरपालिकाले पर्यटकिए क्षेत्रमा विकास गर्ने दिर्घकालिन योजना रहेको बताए ।             टोखा वडा न १ का वडा अध्यक्ष श्री कृष्ण अधिकारीले झोर पर्यटकिय क्षेत्र को लागि राम्रो भएको र यहाँ १३ किमि पदमार्ग निर्माण हुने र नगरपालिकाले पनि यश क्षेत्रलाई विकास गर्ने लागिरहेको बताए ।                                                                                                                                                कार्यक्रम तारकेश्वर नगरपालिका १ का वडा अध्यक्ष विदुर सापकोटाले पदमार्ग निर्माण हुदा यश क्षेत्र पर्यटकिय क्षेत्रमा विकास हुने बताए ।युएन डिपिका परियोजना मेनेजर ज्ञानेन्द्र महतोले २ वर्ष देखि कोरोनाले थला परेको पर्यटन क्षेत्रका श्रमिकहरुलाई सम्पदा सरक्षण सरसफाइ गरि पदमार्गहरु बनाउन अस्थायी रोजगारी दिएको र यश कामले पर्यटन प्रवदन गर्ने सहज हुने बताए ।कार्यक्रम सञ्चालन शिवपुरी बौडेश्वर होमस्टेका अध्यक्ष तथा चण्डेश्वरी बौडेश्वर पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमार अधिकारीले सञ्चालन गरेका थिए।