मेलम्चीमा काङ्ग्रेस नेता मोहन बहादुर बस्नेतले गरे१४०घर परिवारलाई राहत वितरण

काठमाडौ असोज १२  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कांग्रेस बिपद् व्यवस्थापन समितिका संयोजक तथा पुर्व मन्त्री मोहन  बहादुर बस्नेतले सिन्धुपाल्चोक मेलम्चीको १४० घर परिवारलाई राहत वितरण गर्नुभएको छ ।
मंगलबार बस्नेतले मेलम्ची पुगेर बाढि पिडित मेलम्ची बासिहरुलाई दसैंको लागि मासु, तेल दाल,मसला,लगायतका अति आवश्यक सामग्रीहरु वितरण गर्नुभएको हो । गत असारमा गएको बाढिले मेलम्चीमा ठूलो धनजनको क्षति भएको थियो । कार्यक्रममा नेता बस्नेतले बिपदमा परेका स्थानीयलाई राहतका साथै बाढीले क्षतिभएका पूर्वाधार निर्माणका लागि पनि पहल भइरहेको बताउनुभयो ।
उहाले कांग्रेस र कांग्रेस नेतृत्वको सरकारले जनताका लागि काम गर्ने भन्दै कम्युनिष्टहरुले केहि गर्न नसकेको आरोप लगाउनुभयो । उहाले १ करोड २० लाखको लागतमा हेलम्बुको पाल्चोकमा ३० घर बनाउने घोषणा गर्नुभयो ।     कार्यक्रममा पूर्वराज्यमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा, प्राध्यापक प्रेमध्वज लामा, मेलम्ची प्रदेश ख का सभापति रामबाबु लुइटेल, मेलम्ची ३ का वडाध्यक्ष बसन्त गुरुङ लगाएतले समस्यामा परेका स्थानीयको साथमा रहेको र सदैव समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका थिए ।

१३ आश्विन २०७८, बुधबार