काभ्रेस्थलीको शान्ति धाम जेष्ठ नागरिक उधानको भयो शिलान्यास

काठमाडौ  असोज १४ तारकेश्वर नगरपालिका वडा न २ मा वुधवार शान्ति धाम जेष्ठ नागरिक उधानको शिलान्यास भएको छ। तारकेस्वर नगर पालिकाको मेयर रामेश्वर बोहराको प्रमुख आतिथ्यमा शिलान्यास गरिएको हो । उक्त उधान निर्माणमा तारकेश्वर नगरपालिका बाट रु १२.००.०००/ बजेट बिनियोजन गरिएको छ।              जन श्रमदान बाट २.४०.०००/रहेको छ। यश आयोजना सुरु मिति असोज १७ गते बाट हुनेर पुस १७ मा काम सक्नुपर्ने रहेको आयोजना सुचनामा जानकारी दिएको छ। उक्त आयोजनामा उपभोक्ता समितिको अध्यक्षमा कपुर तामाङ रहेका छन।अनुगमनकर्ता ईन्जिनियर पुर्णकाजि महर्जन र वडा न २ का वडा अध्यक्ष रविन्द्र के सि रहेका छन।