तारकेश्वर वडा न ९ को मनमैजु मा वि ले गर्यो शिक्षकहरुलाई सम्मान

काठमाडौं असोज १४  तारकेश्वर नगरपालिकाको वडा ९ को मनमैजु माध्यमिक विद्यालयमा २०७७ साउन ८ गतेदेखि अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान गरेको छ ।           २०७७ साउन ८ गते मनमैजु माध्यमिक विद्यालयमा रविना महर्जनले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि अवकाश प्राप्त गरेका दुई शिक्षकलाई आज विद्यालयमा एक औचारिक कार्यक्रम गरी उहाँहरुको बाँकी जिवन समाजसेवामा लागिरहने प्रेरणा मिलोस भन्ने शुभकामना सहित सम्मान गरेर बिदाई गरेको कुरा विद्यालयका प्रधानाध्यापक रविना महर्जनले बताउनुभयो ।

अवकाश प्राप्त शिक्षकहरुमा २०७७ साउन ८ गते अवकाश हुनुभएका पूर्व प्रधानाध्यापक भक्तमान महर्जन र निम्न माध्यमिक तहमा नेपाली विषयमा अध्यापन गराउने शिक्षिका बिजया थपलियालाई आज सम्मानपत्र सहित विद्यालयले बिदाई गरेको छ । थपलियाले २७ वर्ष ७ महिना अध्यापन गरेर आजबाट अनिवार्य अवकाश पाएकी छिन् ।

त्यस्तै सम्मानित भएपछि विद्यालयका पूर्व प्रधानाध्यापक भक्तमान महर्जनले १ लाख नगद अक्षयकोषका लागि दिने घोषणा गरेका छन् । उक्त रकमबाट विद्यालयले कमजोर आर्थिक परिवारका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरणका लागि खर्च गरिने प्रधानाध्यापक रविना महर्जनले बताउनुभयो ।

आजको कार्यक्रम विद्यालयमा सहप्रधानाध्यापक सन्दिप सापकोटाले सञ्चालन गरेका थिए । कार्यक्रममा नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनकमान महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्रतियोगिताबाट बिजेता विद्यार्थीहरुलाई प्रमाणपत्रसहित पुरस्कार स्वरूप शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

प्राथमिक तहको गायन प्रतियोगिता कक्षा ३ मा अध्ययनरत निरोज बोहरा प्रथम भएका थिए । त्यस्तै कक्षा ३ मा अध्ययनरत तेजिना मगरले दोस्रो स्थान हासिल गरेकि थिएन । कक्षा २ मा अध्ययनरत सरोज विकले तेस्रो स्थान हासिल गरेका थिए । कक्षा ३ मा अध्ययनरत पुजन न्यौपानेले चौंथो स्थान हासिल गरेका थिए । सबैलाई प्रमुख अतिथिबाट सम्मान गरिएको थियो ।

प्राथमिक तहको चित्रकला प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत सन्तोष परियाले प्रथम स्थान हासिल गरेका थिए । त्यस्तै कक्षा ५ कै सरोज सुनारले दोस्रो स्थान हासिल गरेका थिए । कक्षा ४ मा अध्ययनरत युनिक तामाङतेस्रो स्थान, चौंथो स्थानमा कक्षा ४ कै यमुना तामाङ र कक्षा ५ का अमृत राईले जित हासिल गरेका छन् ।

त्यस्तै माध्यमिक तहको नृत्य प्रतियोगिता कक्षा ९ मा अध्ययनरत सविना थामी र एलिना घलेले प्रथम जित हासिल गरेकी छिन् । दोस्रो स्थानमा कक्षा ९ का फुपु शेर्पा, फुर्वु शेर्पा र समिरा तामाङले जित हासिल गरेकी छिन् । त्यस्तै तेस्रो स्थानमा कक्षा ७ कि रेखा मगरले पुरस्कार पाएकी छिने । त्यस्तै चौंथो स्थानमा कक्षा ८ मा अध्ययनरत वर्षा पुन मगर र कक्षा ९ मा अध्ययनरत मिना मगरले जित हासिल गरेकी छिन् ।

विद्यालयले तिजको अवसरमा गरेको नृत्य प्रतियोगिता र विभिन्न समयमा गरेका अतिरिक्त क्रियाकलापमा बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा बोल्दे प्रमुख अतिथि होमनाथ न्यौपानेले मनमैजु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक बजेट दिन नगरपालिका तयार रहेको बताएका छन् । शैक्षिक गुणस्तर उकास्नका लागि विद्यालयको शैक्षिक दरबन्दी मिलानको साथै शिक्षक तालिम लगायत थप सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।कार्यक्रममा अतिथिमा नेकपा एकीकृत समाजवादीका तारकेश्वर नगर कमिटि अध्यक्ष लवकुमार बस्नेत सहभागिता रहेको थियो ।