तारकेश्वरमा नेपाली काङ्ग्रेसको नगर सभापतिमा कृष्णहरि महर्जन निर्वाचित

काठमाडौ नेपाली काँग्रेस तारकेश्वर नगर सभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन् । जम्मा २५८ मत खसेकोमा मा उनले १३५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रीराम थापाले ११४ मत ल्याएका छन् । त्यस्तै अर्का सभापतिका उम्मेदवार मुकुन्द तिमिल्सिनाले २ भोट प्राप्तगरेका छन् ।

त्यस्तै नगर उपसभापतिमा नवराज अर्याल र जमुना तिमिल्सिना विजयी भएका छन् । नगर सचिवमा राजु फुयाँल र शंकर तिमिल्सिनाले जित हासिल गरेका छन् । सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएकी छिन् ।

१७ आश्विन २०७८, आईतवार