निर्वाचनसम्म गठवन्धन रहन्छ : नेता मेटमणि चाैधरी

काठमाडौ ४:मंसिर नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीे आगामी निर्वाचनसम्म गठवन्धन रहने दावी गरेका छन । शनिवार पाल्पाकाे तानसेन नगरपालिका आयाेजना गरिएकाे तानसेन नगर भेलालाई सम्बाेधन गर्दै नेता चाैधरीले संविधानकाे रक्षा गर्दै सरकारकाे नेतृत्व गरेका पाटीहरुविच आगामी निर्वाचनसम्म गठवन्धन कायम रहने वताए । एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता चाैधरीले हिजाे नेकपा एमाले तथा केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।
उनले एकीकृत समाजवादी पाटी मुलुकमै ठुलाे पाटी वन्ने र सवै कम्युनिस्ट पाटीकाे नेतृत्व गर्ने समेत दावी गरे । वर्तमान सरकारलाई परमादेशको सरकार भन्नुको कुनै अर्थ नरहेको भन्दै उनले निर्वतमान प्रधानमन्त्री केपी ओली जसरी सांसदको हस्ताक्षरबाट प्रधानमन्त्री नियुक्त भए, अहिलेका प्रधानमन्त्री पनि सोहीअनुसार निर्वाचित भएको बताए ।