काङ्ग्रेस नुवाकोट क्षेत्र नं.१को सभापतिमा ध्रुव श्रेष्ठ विजयी

काठमाडौ  नेपाली काँग्रेस नुवाकोटको दुई वटै संघीय निर्वाचन क्षेत्रको मतगणनाको परिणाम आउन थालेको छ । क्षेत्र नं. १ को अन्तिम मत परिणाम  सार्वजनिक भएको छ । ध्रुब श्रेष्ठ धेरै  मतान्तरले बिजयी भएका छन् ।

श्रेष्ठले ५११ मत र उनका प्रतिस्पर्धी बिषम रिमालले ३८७ मत पाएका छन् । श्रेष्ठ १२४ मतान्तरले बिजयी भएका छन् ।

श्रेष्ठ डा. रामशरण महत पक्षका उम्मेदवार हुने भने रिमाल अर्जुननरसिंह केसी पक्षका हुन् । क्षेत्र नम्बर १ मा जम्मा ९२१ मत खसेको थियो ।

दुई जना सचिवमा भने दुई पक्षको एक/एक जना निर्वाचित भएका छन् ।

केसी समुहका जगदीश कुइँकेल सचिवमा निर्वाचित भएका छन् । अर्को सचिवमा श्रेष्ठ प्यानलका शिव गुणी निर्वाचित भएका छन् । सचिवमा दुई जना निर्वाचित हुने ब्यवस्था छ ।

गुणीको ४७६, कुइँकेलको ४४१ मत आएको छ । हारेका दुई सचिवहरु लालबहादुर तामाङको ४२२ र विकेश पण्डितको ३४५ मत छ ।महाधिवेशन प्रतिनिधिको भने मत गणना भइरहेको छ ।

महाधिवेशन प्रतिनिधिमा डा. केदारनरसिंह केसीले पहिलो नम्बरमा मत पाइरहेका छन् ।