पर्यटन ब्यवसायी संगठनले बागती प्रदेशका मु्ख्यमन्त्री पाण्डेलाई दियो बधाई तथा शुभकामना

काठमाडौ  पर्यटन ब्यवसायी संगठन नेपालले बागती प्रदेशका माननीय मु्ख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई दियो बधाई तथा शुभकामना !!!
मिती २०७८ मंसिर ०७ गते होटल उडल्याण्ड, दरबार मार्गमा पर्यटन ब्यावसायी संगठन नेपालले बृहत भेला गरि बागमती प्रदेशका नवनियुक्त माननीय मुख्यमन्त्री क. राजेन्द्र प्रसाद पाण्डेलाई बधाई तथा शुभकामना दिएको छ।

उक्त कार्यक्रमको अध्यक्षता पर्यटन ब्यवसायी संगठन नेपालका अध्यक्ष अन्जन थापा ‘कुमार’ ले गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथी माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले देशको समसामयिक गतिविधी तथा पार्टिले अब खेल्नु पर्ने भुमिकाको बारेमा प्रकाश पार्नु भएको थियो।

कार्यक्रमका विशेष अतिथी नेपाल उध्योग तथा ब्यवसायी महासंघका कार्यवाहक अध्यक्ष तथा पार्टी लेखा आयोगका अध्यक्ष भरत कुमार श्रेष्ठले देशले विकाशको गति लिनको लागी आर्थिक रुपमा चुस्त दुरुस्त तथा पारदर्शीता हुनुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा संगठनका सल्लाहकार तथा उपत्यका विशेष प्रदेश कमिटी सचिवालय सदस्य मदन आचार्य र संगठनका सल्लाहकार तथा बागमती प्रदेश कमिटी का सदस्य योगेन्द्र थापाले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम समापन गर्दै संगठनका अध्यक्ष अन्जन थापा ‘ कुमार ‘ ले पर्यटन क्षेत्र सवल आर्थिक गतिविधीको मेरुदण्ड भएका कारण यसलाई चलायमान बनाउनका लागी सरकारले कुनै कसर नराखी पर्यटन प्रवर्दनमा लाग्नु पर्ने आजको आवश्यक्ता हो भन्नु भयो। पर्यटन क्षेत्रमा देखियका बेथितीहरुलाई समुल अन्त्यगरि आमुल परिवर्तन भएमात्र यो क्षेत्रले फड्को मार्ने कुरामा जोड दिनुभएको थियो ।