नेकपा एकीकृत समाजवादीले शिवपुरी वडा न ७मा गठन गर्यो वडा कमिटी

काठमाडौ । नुवाकोट जिल्लाको पुर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न ७ सुनखानीमा नेकपा एकीकृत समाजवादीले वडा कमिटी गठन गरेको छ। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज तथा पुर्व सासद राजेन्द्र प्रकाश लोहनी,को प्रमुख अतिथिमा वडा कमिटी गठन गरिएको हो ।                वडा कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै लोहनी नेकपा एकीकृत पाटि जनताको लागि काम गर्ने पाटि भएको र अहिले समाजवादी पाटि कमिटी निर्माण र सगठन विस्तारको समयमा गाउँ गाउँमा जनता र युवा पुस्ताहरुको राम्रो र उत्साह र साथ पाउदै गएको र समाजवादी पाटिले जनताको विश्वासलाई लिएर काम गर्ने बताए ।                    कार्यक्रममा जिल्ला पाटि सचिब पदम उप्रेती,सचिवालय सदस्यहरु उज्ज्वल खडका, राजु पानडे,देबराज कडेल,उत्तम श्रेष्ठ ,ज्ञान ब.तामाङ,सिताराम थापा र सन्तोष थापा, जिल्ला सदस्यहरु हरि जंग पानडे,चम्पा तामाङ, सीता पाेखरेल,काठमाडौ जिल्ला सदस्य प्रशान्त गाैतम, नुवाकोट काठमाडौ सम्पर्क मञ्चका उपाध्यक्ष रमेश भेटुवाल,नुवाकोट – शिवपुरी काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष संजिब थापा,सचिब संगिता मोक्तान नेकपा माओवादी केन्द्र शिवपुरी वडा न ७  अध्यक्ष श्याम प्र पाण्डे को अतिथि रहेको थियो ।              वडा भेलाले कुमार तामाङ को अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षहरु सन्त ब.डंगोल,सन्तोष तामाङ र मुना डंगाेल सचिव बद्री तामाङ, उपसचिवहरु: महेन्द्र श्रेष्ठ, सराेज पानडे,ज्ञानु तामाङलाई चयन गरिएको छ।                  शिवपुरि गाउँपालिका कमिटीमा सुनखानीबाट शयाम पाण्डे,अशोक गुणि,लालसिङ तामाङ ,कृष्ण नेपाली,गाेकुल ब.गाेतामे,सुक ब.तामाङ,चन्द्र तामाङ ,रामकृष्ण थपलिया,बिहारी पाण्डे,कल्पना श्रेष्ठ,प्रेम तामाङ,सुस्त्मिता नेपाली र सानु कुमार तामाङ लाई पठाउने निणय गरेको छ। वडा पाटिकाे प्रमुख सल्लाहकारमा चिरञ्जीवी पाण्डेलाई चयन गरेको छ। साथै युवा संघ नेपालकाे ७ नम्बर वडाकाे अध्यक्षमा सानु कुमार तामाङलाई चयन गरिएको छ। वडा भेला कार्यक्रम राजु पाण्डेको सभापतिमा भएको थियो ।