राप्रपा केन्द्रीय सदस्यमा भरत प्रसाद पाठकको उम्मेदवारी

काठमाडौ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलो पटक हुन लागेकोले यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।                   महाधिवेनशको उद्घाटन समारोह आज दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ । राप्रपाको केन्द्रीय सदस्यमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा न ८ का भरत प्रसाद पाठकले केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेका छन।पाठक ससाबिक थानापति, सचिब, थानापति गांउ कार्य समिति २०४७, क्षेत्रीय कार्य समिति सह सचिब, जिल्ला कार्यसमिति उपाध्यक्ष, अध्यक्ष, केन्दृय कार्य समिति सदस्य, अन्तरराष्ट्रीय संबन्ध बिभाग सदस्य सचिब, संसदिय समिति सदस्य सचिब, सचिबालय सद्स्य, अन्य बिभाग हरुको अनुभब, पार्टिको तर्फबाट अन्तरराष्ट्रीय देसमा भएका कार्यक्रमहरु श्रीलन्का, मलेसिया, रुसि महासंघ आदिमा सहभागी भएका छन।

१५ मंसिर २०७८, बुधबार