कोरोना भाइरस बढेपछि माधव नेपालको ४ बुदे अपिल

काठमाडौ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरोना भाईरस बढदै गएपछि ४ बुदे अपिल गरेका छन।  देशभर बढिरहेको कोरोना भाइरस संक्रमणप्रति हामी सबै समयमै सचेत हुनु जरुरी छ । पछिल्ला केही दिनयता कोरोनाको नयाँ भेरिएन्टका कारण संक्रमणदर उच्च गतिमा बढिरहेको छ । त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सचेतहुन हार्दिक अनुरोध गर्दछु । साथै, हाम्रो पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरु योजना गर्दा एवं सहभागी हुँदा समेत निम्नानुसार गर्न÷गराउनहुन हार्दिक अनुरोध सहित निर्देशित गर्दछु ।
१. भाइरस सक्रमणहुन नदिन सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउँनहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु । हाम्रो पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुँदा न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्न जस्तै–थर्मलगनको प्रयोग गरी तापक्रम मापन गर्न, नाँक, मुख र चिउँडो छोपिने गरी माक्सको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन गरिन्छ ।
२. सार्वजनीक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमण दर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका कमरेडहरु मात्र सहभागीहुने व्यवस्था गर्न÷गराउन निर्देशन गरिन्छ ।
३. संक्रमण दर बढ्न नदिन सरकारले जारी गरेका निर्देशनहरु कडाइका साथ पालना गर्न÷गराउन सबै पार्टी पङ्क्तिलाई निर्देशित गरिन्छ । साथै, धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थिगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन समेत निर्देशन गरिन्छ ।
४. एक पटक पनि कोराना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउनुहुन हार्दिक अनुरोध गर्दछु । साथै, त्यसका लागि आवश्यक सहयोग गर्न र खोप लगाउन उत्प्रेरित गर्न सम्पूर्ण पार्टी पङ्क्ति परिचालित हुन निर्देशन गरिन्छ ।

२०७८÷०९÷२६

………………………
माधवकुमार नेपाल
अध्यक्ष