समाजवादी प्रेस संगठन भक्तपुरको अध्यक्षमा कार्की

काठमाडौं,  । समाजवादी प्रेस संगठन नेपाल भक्तपुर शाखाको अध्यक्षमा पत्रकार दिनेश कार्की चयन हुनुभएको छ । भक्तपुरमा बुधबार भएको भेलाले कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रुपमा घोषणा गरिएको हो ।          कमिटीको उपाध्यक्षमा विजय चालिसे र सजिना भण्डारी, सचिवमा सुवास चौलागाँइ तथा सहसचिवद्धयमा गणेश महर्जन र ज्ञनेन्द्र खाइजु चयन भएका छन् । यसैगरी कमिटीको कोषाध्यक्षमा रचना वयलकोटी चयन हुनुभएको छ ।
कार्यक्रममा संगठनका उपाध्यक्ष, उपत्यका इन्चार्ज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारीले सञ्चारकर्मील्े व्यवसायिक पत्रकारिताका साथै मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि क्रियाशील वर्ग, किसान, मजदुर, घरेलु उद्यमीलगायतका विषयवस्तुलाई उजागार गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एकिकृत समाजवादी भक्तपुका अध्यक्ष श्याम बस्नेत, संगठनका अर्का उपाध्यक्ष विश्वमणि सुवेदी, महासचिव भुपराज खड्का, सचिव एवं पत्रकार महासंघका सचिव गोविन्द चौलागाँइ, उपत्यका संयोजक सविन शर्मा, केन्द्रीय सदस्य केशव लुइँटेल लगायतले पत्रकारको पेशागत मुद्दालाई संगठनले जोडदार ढंगले उठाउन सुझाव दिनुभयो ।
समाजवादी प्रेस संगठन भक्तपुर शाखाको सल्लाहकारमा वरिष्ठ पत्रकार प्रविणराज जोशी र कृष्ण प्रधानलाई चयन गरिएको छ ।