नेकपा एमालेले पञ्चकन्या वडा न ३र ४मा गर्यो कार्यलय स्थापना

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी एमालेले नुवाकोटको पंचकन्या गाउँपालिका वडा नं. ३ र वडा नं. ४ मा वडा कार्यालय स्थापना गरेको छ। कार्यक्रममा नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य माननीय बद्री मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।          कार्यक्रममा नेकपा एमाले नुवाकोटका उपसचिव निलकण्ठ आचार्य , जिल्ला कमिटी सचिवालय सदस्य तथा पंचकन्या पालिका इन्चार्ज दिपक कार्की , जिल्ला कमिटी सदस्यहरु केदार थापा , मनिका थापा ,. पशुपति थापा , पालिका अध्यक्ष . रामनाथ खनाल , सचिब शिबराम गौतम लगायत . देबेन्द्र भण्डारी , माधब पण्डित लोकनाथ सापकोटा , सिताराम बिष्ट , गंगा कोइराला , .संजिब तामाङ . उज्ज्वल तामाङ्ग कबिता कडेल, लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।वडा न ३ र ४ वडा कार्यालय स्थापना सँगै वडा नं. ३ मा कात्तिके टोल कमिटी र राउटार मानेथोक टोल कमिटी समेत गठन गरिएको छ । वडा नं. ३ को कार्यक्रमको अध्यक्षता कमिटी अध्यक्ष राम थापा ( क्याप्टेन ) को अध्यक्षता भएको नेकपा एमाले पञ्चकन्या इन्चार्ज दिपक कार्कीले जानकारी दिए।