तारकेश्वर अन्तर विधालय हिज्जे प्रतियोगिताको प्रथम उपाधि हिम रश्मीले उचाल्यो

काठमाडौ । प्यावसन तारकेश्वर नगर कमिटीको आयोजनामा शनिबार  तारकेश्वर  १० को लालीगुरास नेशनल एकेडेमीमा भएको अन्तर विधालय  हिज्जे प्रतियोगितामा हिम रश्मी हाई स्कुलले प्रथम  उपाधि जितेको छ। त्यस्तै पद्य चक्र सेकेण्डरी स्कुल दितिय स्थान हासिल गरी ट्रफी प्राप्त गरेको छ । तृतिय स्थानमा न्यू इरा सेकेण्डरी स्कुलले ट्रफी प्राप्त गरेको छ । चौंथो स्थानमा कौशल इङ्लीस बोर्डिङ सेकेण्डरी स्कुलले उपाधी जितेको छ । 

काठमाडौं जिल्ला प्यावसनका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विजेता विद्यालयका विद्यार्थीहरुलाई प्रमुख अतिथिबाट ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधिहरुलाई समेत मायाँको चिनो र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्यावसन तारकेश्वरका अध्यक्ष धनबहादुर पुनको सभापतित्वमा भएको कार्यक्रममा, सचिव नवराज न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए । प्यावसन तारकेश्वरका उपाध्यक्ष गोपाल वुढाथोकीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम कुमार राई र प्यावसन काठमाडौंका पूर्व सहसचिव लोकेन्द्रबहादुर खड्काले सम्बोधन गरेका थिए । कार्यक्रममा तारकेश्वर प्यावसनका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।