नुवाकोटमा काङ्ग्रेसको घर घर जाऔं कांग्रेस जिताऔं अभियान

काठमाडौ । नुवाकोटमा नेपाली काङ्ग्रेसको राष्ट्रिय रुपमा थालिएको  घर घरमा जाउ काङ्ग्रेस जिताउको गाउँ जागरण अभियान नुवाकोटमा सुरु भएको छ । नुवाकोटको विदुरबाट आइतबारदेखि सुरु गरेको अभियान जिल्लाका १२ वटै स्थानीय तहमा चल्ने नेपाली काङ्ग्रेस नुवाकोटले जनाएको छ ।                                                                                                               हालसम्म विदुर नगरपालिका, लिखु गाउँपालिका,शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका लगायत क्षेत्रमा तत्काल सो कार्यक्रम अगाडि बढाइएको नेपाली काङ्ग्रेस नुवाकोट जिल्ला सभापति रमेशकुमार महतले बताए । कार्यक्रम सुरुवातमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मदन अमात्यको प्रमुख आतिथ्यता रहेको थियोे । त्यस्तै विशेष अतिथि नेपाली काङ्ग्रेस नुवाकोटका पूर्व सभापति ध्रुव अधिकारी, नेता केदारनरसिंह केसी, प्रदेश स्वास्थ्य राज्य मन्त्री कल्पना नेपाली लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियोे ।                                                                                                                    नुवाकोटमा नेपाली काङ्ग्रेस पार्टीको बलियो आधार खडा भैसकेको बताउँदै पार्टी अगाडि बढिसके नेपाली काङ्ग्रेस नुवाकोटले जनाएको छ । सबै स्थानीय तहमा वर्चस्व रहेको बताउदै नुवाकोटका सभापति रमेशकुमार महतले घरघरमा पुगी जनताको गुनासो हल गर्ने नेता महत बताउँछन् ।

३० फाल्गुन २०७८, सोमबार