ग्रामीण आदर्श क्याम्पसमा प्रजातन्त्रबादी प्राध्यापक संघ गठन

प्रविण थपलिया,
काठमाडौं , २ चैत्र । तारकेश्वर नगरपालिका वडा न ११ नेपालटारमा अवस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पस  नेपालटारमा प्रजातन्त्रबादी प्राध्यापक संघ गठन गरिएको छ ।


कलेजमा अध्यापनरत प्राध्यापकहरुको बुधबार कलेजमा भएको भेलाले विष्णुहरि सिलुवालको सभापतित्वमा १३ सदस्यीय समिती गठन गरेको हो । समितीको उपसभापतिमा श्रीराम पुडासैनी , सचिवमा हरिशरण खतिवडा , कोषाध्यक्षमा नरेश्वर पौडेल रहेका छन । त्यस्तै सदस्यहरुमा एन्जिला महत , अशोक महर्जन, उदयराज दाहाल दिनेश लामिछाने, दिपक भट्टराई, सहदेव पाठक,रमेश अधिकारी र किशोर गौतम रहेका छन

त्यस्तै गरी समितीको सल्लाहकारहरुमा माधव कुमार रावत, गुरुप्रसाद ढकाल , डा श्रीराम खनाल , सन्तोष पण्डित दिपक आचार्य, उपेन्द्र घिमिरे, कृष्णा कुमार झा चयन गरिएको सचिव हरिशरण खतिवडा ले जानकारी गराउनु भयो ।
खतिवडा ग्रामीण आदर्श क्याम्पस का पुर्ब स्व बी यु सचिव , नेबी संघ का पुर्ब अध्यक्ष , सोही क्याम्पसबाट स्नातकोत्तर सम्म अध्ययन गरि केही वर्ष देखि त्यस क्याम्पस मा अध्यापनरत छन्।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सामुदायिक क्याम्पसका प्रध्यापकहरु अहिले शोषणमा परेका, कम सेवा सुविधामा आफ्नो बौद्धिक श्रम बेच्न बाध्य भएका ले
सामुदायिक क्याम्पसका अध्यापनरत प्राध्यापकहरूलाई पनि त्रि वि का प्रध्यापक सरह सेवा सुविधा दिनुपर्ने माग गरेका छन्।