चण्डेश्वरी बौडेश्वर पदमार्गले पर्यटकलाई आकर्षण गर्दै
। काठमाडौ । काठमाडौको उतरी भेगमा अवस्थित टोखा नगरपालिकाको टोखाको चण्डेश्वरी देखि झोरको बौडेश्वरसमको पदमार्गले पर्यटकहरू आकर्षण गरिरहेको छ। यश पदमार्ग शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको छ। यहाँ बाट काठमाडौ उपत्यकाको मनोरम मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ भने यश पदमार्गमा पदयात्रा गर्दा यहाँका प्राकृतिक सुन्दरताले झन आन्नद दिने गछ। यश पदमार्ग काठमाडौ नजिकै भएकोले शनिबार विभिन्न स्थान बाट याहा हाईकिङमा आएको देखिन्छन् । झोरमा पर्यटन प्रवदन र विकास गर्ने स्थानीय बासिन्दाले शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे पनि सञ्चालन गरेका छन। होमस्टेका अध्यक्ष रामकुमार अधिकारीले भने झोरमा पर्यटन आकर्षण बौडेश्वर झरना जलेश्वर झरना रहेका छन र अहिले चण्डेश्वरी बौडेश्वर पदमार्गमा पर्यटकहरु पदयात्रामा आउन थालेका र पर्यटनलाई होमस्टेमा स्थानीय खाना परिकारले स्वागत गर्ने बताए । अधिकारी भने शनिबार पनि यश पदमार्गमा काठमाडौ कलेज अफ सेन्ट्ल स्टेट कालिमाटीका बिध्यार्थि तथा शिक्षक शिक्षिका हरु पदयात्रामा आएको र उक्त पदयात्रामा शिवपुरि बौडेश्वर सामुदायिक होमस्टेले व्यवस्थापन र सहयोग गरेको जानकारी दिए ।
६ चैत्र २०७८, आईतवार