सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोगबुले गर्यो सम्मान कार्यक्रम ।
काठमाडौ । सामुदायिक सेवा केन्द्र ,सामुदायिक प्रहरी सेवा केन्द्र गोगंबुले शान्ति सुरक्षा तथा सम्मान कार्यक्रम गरेको छ।कार्यक्रम टोखा नगरपालिका वडा न ८ मा रहेको पारिजात पाटिप्यालेसमा भएको थियो। कोभिड १९ कोरोना भाईरसको महामारीको बेला निम्न तथा श्रम गरि खाने ब्यक्तिहरुलाई निशुल्क खाना खुवाउने कार्यक्रम गरेको थियो । उक्त खाना खाउन सहयोग तथा सस्थालाई सहयोग गर्ने विभिन सघ सस्था समुह व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि महानगरीय प्रहरी परिसरका प्र ब उ सुदिप गिरि रहेका थिए। कार्यक्रममा मनतब्य राख्दै सुदिप गिरिले भने पछिल्लो समयमा ईन्टरनेटले विकृति बढेको छ थाहै नपाई सामाजिक सञ्जाल बाट अपराध बढेको र मानिसक तनाव बढेको र पछिल्लो समयमा ईन्टरनेट बाट विकृति बढेको छ। शान्ति सुरक्षा र वसपाकमा हुने विकृति हटाउन लागिएको र टोखामा चोरीको घटना बढि हुने गरेको र यसलाई नियन्त्रण गन लागिरहेक रसिसि क्यामरा भएको स्थानमा कम चोरी हुने गरेको र क्यामरा भएको ठाउँमा चोरी भए अनुसन्धान गर्ने सहज भएकोले अब प्रविधिमैत्रिमा जानू पर्ने र टोल टोलमा सिसि क्यामरा राखे शान्ति सुरक्षा र विकृति कम हुने बताए ।कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष राकेश सिहको सभापतिमा भएको थियो ।