शुभकामना इङलिस बोर्डिङ स्कुलले दियो शिक्षकलाई तालिम

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ९ मा रहेको शुभकामना इड्लिस् बोर्डिङ स्कुलले आफ्नो विधालयका सम्पूर्ण शिक्षकलाई वैशाख ९ गते  विधालयमा तालिम दिएको छ।           अहिलेको युग विज्ञान र प्रविधिको युग हो । उक्त प्रविधिसँग शिक्षालाई जोड्नको लागि शिक्षकहरूलाई तालिमको आवश्यकता पर्ने गर्दछ । तालिम भनेको एउटा यस्तो कला हो जुन अहिलेको शिक्षकहरूमा हुनु जरूरी छ । जुन कलाको विशेष सिप र दक्षता हासिल गर्नको लागि लिइने प्रशिक्षणलाई नै तालिम भन्ने गरिन्छ । शिक्षणलाई एउटा आदर्श, निस्वार्थ बोद्धिक पेशाको रूपमा पनि लिने गरिन्छ । शिक्षकलाई विषयप्रति अब्बल बनाउन, आफूमा भएको ज्ञान र सिपलाई अभिवृद्धि गर्न, नवीन शैक्षिक नीति निर्माण गर्न, विद्यार्थीहरूले शैक्षिक सामग्री पहिचान गरी सिर्जनात्मक लेखन सीपको विकास गराउने सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने प्रशिक्षण हो ।                                                                                     नयाँ शैक्षिक शत्रलाई मध्यनजर राख्दै यसै विद्यालयका प्र. अ. श्री कुमार ढकालको संयोजकत्वमा प्रशिक्षण श्री ईश्वर श्रेष्ठद्वारा सम्पन्न यस विद्यालयमा अध्यापनरत ३० जना शिक्षकहरूलाई कसरी अब्बल शिक्षक बन्ने ? विद्यार्थीसँग के कस्तो ? व्यवहार प्रदर्शन गर्ने ? कक्षाकोठामा शिक्षक प्रवेश गर्दा कसरी गर्ने ? विद्यालयमा फरक– फरक वातावरणबाट र फरक फरक बौद्धिक क्षमताका विद्यार्थीलाई कसरी पहिचान गरी शिक्षण गर्ने ? कक्षाकोठामा बढीभन्दा बढी विद्यार्थीको मनलाई शिक्षणतर्फ कसरी आकर्षित वा सक्रिय कसरी बनाउने ? विद्यार्थीको वार्षिक÷ मासिक प्रोफाइलहरू कसरी तयार पार्ने ? अभिभावकसँग शिक्षकहरूको व्यवहार कस्तो हुनुपर्ने ? दैनिक पाठयोजना तयार पारी शिक्षण गर्दा सिकाई बढी प्रभावकारी हुने । पाठको विषयवस्तुमा प्रवेश गर्नुपूर्व÷ विषयवस्तुमा प्रवेश गर्दागदै र विषयवस्तुमा प्रवेश गरिसकेपछि मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्नुपर्ने लगायतका विविध कुराहरू सिक्ने अवसर प्रदान गर्नुभएकोमा यस शुभकामना इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक कुमार ढकाल, प्रबन्ध निर्देशक कृष्ण अधिकारी र प्रशिक्षक ईश्वर श्रेष्ठलाई मलाई समय सापेक्षक उचित किसिमको तालिम प्रदान गरी योग्य, अब्बल र प्रिय शिक्षिकाको रूपमा सुपरिचित हुने वातावरणको सिर्जना गराई दिनुभएको शुभकामना इङलिस बोडिङ स्कुलले जानकारी दिएको छ।