टोखा वडा न ९ मा एमाले बाट वडा अध्यक्षमा रामभक्त घिमिरे

काठमाडौ । आगामी वैशाख ३० गते हुने  स्थानीय तहको निर्वाचनमा   एमालेले टोखा नगरपालिका वडा नं ९ को वडा अध्यक्षमा रामभक्त घिमिरेलाई सर्बसम्मती बाट वडा अध्यक्षको उम्मेद्वार बनाएको घिमिरेले जानकारी दिए छन।

यस्तै वडा सदस्यहरुमा नवीन मर्हजन ,देवी माया आचार्य र जगतमाया महर्जन पनि सर्बसम्मतीबाट सीफारीस भएका छन । एमालेका पुराना सांगठनीक सदस्य तथा राजनैतीक एवं समाजसेवामा स्वच्छ छवि बनाएका सदस्यहरुको वडा विकाशमा ठुलो भुमिका रहेको छ।

को हुन राम भक्त घिमिरे ?

२०२६ सालमा जन्मीयका घिमिरे २०४८ सालबाट एमालेमा आवद्ध संगठन नेपाल स्वतन्त्र होटेल मजदुर यूनियन मार्फत सक्रिय राजनीती शुरु गरेका उनले २०५४ सालमा सांगठनीक सदस्यता प्राप्त गरि गंगोबुमा सक्रिय राजनीती शुरु गरेका हुन । २०५४ को स्थानिय निर्वाचनमा तत्कालीन गोगंबु गा.बि.स वडा नं ४ मा अत्याधिक मतसहित वडा सदस्यमा निर्वाचित भएका घिमिरे २०७४ सालको स्थानिय निर्वाचनमा पनि पुन वडा सदस्य जितेका हुन । नेपाल सरकार मन्त्रिपरीषदको मिति २०७१ मंसीर १६ गतेको निर्णय अनुसार हाल टोखा नगरपालिका वडा नं ९ को रुपमा रहेको छ ।

लाइन्स क्लव अफ गोगंबु नमस्ते , बिभिन्न टोलसुधार समिति लगायतका समाजीक संघ संस्थामा प्रभाबकारी छवी बनाएका घिमिरेले वडामा सदस्यको भूमिका निर्वाहा गरीरहदा बिभिन्न बिकाश निमार्णका कार्य गरेका छन । भूकम्प कोरोना जस्ता महामारीमा जनताका घर घरमा पुगी जनप्रतिनिधिको महशुस गराउन सफल भएकै कारण उनी एमालेबृतमा मात्र सीमीत नभई अन्य दलमा समेत चर्चाको पात्र बन्न सफल भएका हुन ।