नेकपा एस बाट ककनी वडा न ४का उम्मेदवार योगेन्द्र तामाङको यस्तो छ प्रतिबद्वता
काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका वडा न ४ काे अध्यक्षको लागि योगेन्द्र तामाङले नेकपा एकीकृत समाजवादी बाट वडा अध्यक्षमा मनोनयन दर्ता गरेका छन। उनलेे आफू वडा अध्यक्ष हुन जनता सामु २१ बुदे प्रतिबद्वता ब्यक्त गरेका छन। उनको प्रतिबदता यस्तो छ। १. रानिपौवा बजार को ढल , खानेपानी तथा फोहोर मैला ब्यवस्थापन दीर्घकालीन बेबस्थापन गर्ने ।
२.रानिपौवा बजारमा पालिका स्तरीय सभाहल निर्माण गर्ने ।
३. रानिपौवा बजार मा कभर्डहल निर्माण गर्न पालिका तथा प्रदेस स्तरीय योजना अगाडि सार्ने ।
४. रानिपौवामा अबस्थित १५ सैयाको स्वस्थ चौकी को यथासिग्र निर्माण सम्पन्न गरि उक्त अस्पताललाई सुबिधा सम्पन्न बनाइ अगाडि बढाउने ।
५. रानिपौवा मा अबस्थित भबानी माबी लाई स्नातक तह सम्म स्तरउन्नति गरि पालिका स्तरिय क्याम्पसको रुपमा बिकास गर्ने ।
६. वडा नम्बर ४ मा जोड्ने सबै साखा उप साखा बाटो हरुको स्तर उन्नति को लागि आबसेक बजेट बिनियोजन गर्ने ।
७. जगरे हिले मा आन्तरिक तथा बाहय पर्यटन बिकास को लागि आबासेक सम्रचना निर्माण गर्ने ।
८. फुङफुङ्गे झरना लाई क्यानोनिङ सेन्टर को रुपमा बिकास गर्ने ।
९. गरुबास मन्दिरलाई विशेस बजेठ को बेबस्था गरि धार्मिक पर्यटन को बिकास गर्ने ।
१०. गरुबास मन्दिर र गोनेस्वोर मन्दिर लाई पर्यटनकको लागि बिकास र प्रबर्द्धन गर्ने ।
११. वडा नम्बर ४ मा अबस्थित सबै गुम्बा, मठ मन्दिर को बिकास गर्ने ।
१२.वडा नम्बर ४ को पहिचानको रुपमा रहेको ट्राउट माछा, मुला, किबि लगायत अन्य कृषिजन्य उत्पादनको बिकास को लागि आबसेक बजेट बिनियोजन गर्ने
१३. ३५ किलो ,जुरेथुम बजारमा स्वस्थ चौकी बनाउने ।
१४. वडा नम्बर ४ मा खेलमैदान हरुको लागि आवश्यक बजेड बिनियोजन गर्ने ।
१५. सबै वडाको घर घरमा धारा र शुद्ध खानेपानी को बेबस्था गर्ने । खानेपानीको समस्या रहेको रानिपौवा बजार , ३५ किलो, हुलाकी छहरे लगाएत ठाँउमा तत्काल योजना बनाइ काम अगाडि सार्ने ।
१६. महिला समूह भबन , क्लब भबन निर्माण को लागि आबसेक बजेट बिनियोजन गर्ने
१७. वडा नम्बर ४ भरी आवश्यक ठाँउमा डुङ्गेधारा, प्रतीक्षालाय निर्माण गर्ने
१८. सिचाइ को परियोजना हरु अगाडि बढाउने ।
१९.पर्यटकिय हिसाबले र सडक बाटो को पहुँच नभएको ठाँउमा सिडि बाटो निर्माण गर्ने ।
२०वडा न ४ मा रहेको सबै बिधालायहरुमा यथोचित बजेट बिनियोजन गर्ने । २१ विविध