नेकपा एस बाट खाडाँदेवि गाउँपालिकाको अध्यक्षका उम्मेदवार श्याम कृष्ण श्रेष्ठको यस्तो प्रतिबद्वता
काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि रामेछाप जिल्लाको खाडाँदेवि गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पाटि बाट गाउँपालिका अध्यक्षका लागि श्याम कृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन। उनलेे यस्तो १० प्रतिबदता व्यक्त गर्नु भएको छ। खाडाँदेवि गाउँपालिकाको अध्यक्षमा श्याम कृष्ण श्रेष्ठको उम्मेदवारी किन ?
१. राजनीतिमा देखिएको अपराधिकरण, भ्रष्टाचार, नाताबाद, कृपाबाद, मनपरीतन्त्रको अन्त्य र राजनीतिलाई विशुद्ध सेवा हो भन्ने मान्यता स्थापित गर्न ।
२.जनमैत्री, वातावरण मैत्री दीगो विकास, स्थानीय श्रोत साधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना र आर्थिक विकास गर्न,
३. गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, स्वस्थ्य वातावरण लगायत आधारभूत सेवामा जनताको सहज पहुच र अधिकार स्थापित गर्न ।
४. महिला बालबालिका, युवा, जेष्ठ नागरिक, अपाङ्ग, र पछाडि पारिएका वर्ग, समुदायको अधिकार र उत्थानको सुनिश्चिता गर्न ।
५. सामाजिक सेवा, सरकारी, गैर सरकारी र अन्तर्राष्ट्रिय क्षेत्रको ३ दशकको अनुभवलाई समृद्ध, सम्मुनत, र सभ्य खाँडादेवी गाउपालिका निर्माणमा लगाउन,
६. सहकारी विकास, कृषि र पशुपालनमा आधुनिकीरण र व्यवसायिकरण, बजारीकरण, कृषि उपज र पशु विमा मार्फत कृषकको जोखिम घटाउन र कृषिलाई र श्रमलाई सम्मानित पेशा बनाउन,
७. स्थानीय भाषा, संस्कृति, सम्पदा र स्थानीय ज्ञान र सिपको संरक्षण र प्रबद्र्धन गरी सबै जातजातीको पहिचानको सुनिश्चिता गर्न र खाँडादेवी पर्यटन गुरुयोजना बनाई कार्यन्वयन गरी आर्थिक विकास गर्न,
८. भ्रष्टाचार र ढिलासुस्ती शून्य सहनशिलता, पारदर्शी र चुस्त प्रविधियुक्त प्रभावकारी सूचना प्रवाह, मितव्ययी आर्थिक व्यवस्थापन, आवश्यक सीप र तालिम प्राप्त दक्ष र उच्च मनोबलको कर्मचारी प्रशासन मार्फत जनताको घरदैलौमा स्थानीय सरकार भन्ने परिकल्पनालाई साकार पार्न,
९. सबै राजनैतिक दल, विचार समूह, वर्ग समुदाय, विज्ञहरु र अनुभवी व्यक्तिहरुसँग राय सुझाव लिएर सहअस्तित्व र सहकार्यको मूल्य मान्यता स्थापित गरेर खाँडादेवी गाउँपालिकाको चौतर्फी विकासमा सबैको योगदान सुनिश्चिता गर्न ।
१०. जनताको योगदानमा “खाँडादेवी विकास कोष” स्थापना गरी “हामी बनाउँछौ हाम्रो खाँडादेवी गाउँपालिका” भन्ने संकल्प साकार पार्न,
११. वडा र बस्तीस्तरमा युवाहरुको समूह बनाई “आजको युवा ः सिपयुक्त र जिम्मेवार युवा” बनाउन युवाको क्षमता विकास गरी विकास निर्माण, आर्थिक विकास, खेलकूद विकास र विपद व्यवस्थापनमा युवा शक्ति परिचालन गर्न,