शिवपुरी वडा न ७को अध्यक्षमा स्वतन्त्र बाट नमराज भेटुवालको उम्मेदवारी

काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा न ७ मा नमराज भेटुवालले वडा अध्यक्षमा स्वतन्त्र बाट उम्मेदवारी दर्ता गराएका छन। भेटुवालले भने शिवपुरी वडा न ७ को समृद्धि र समग्र गाउँकाे विकासका लागि जनताको चाहना अनुसार राजनीति दलका उम्मेदवारले विकासका काम गर्ने नसकेकाले आफ्नो उम्मेदवारी रहेकाे र आफुले गाउँमा कृषि पर्यटन, शिक्षा स्वास्थ्य भौतिक पुर्वाधार विकास लगाएत सबै क्षेत्रलाई समेटेर विकासको काम गर्ने र शिवपुरी वडा न ७ का जनताहरले आफुलाई साथ दिने बताए । सुनखानीका भेटुवाल शैक्षिक तथा सामाजिक तथा समाजसेवा पनि गर्दै आईरहनु भएको छ। उहाँ सँग दुई दशक लामो पर्यटन व्यावसाय क्षेत्रमा अनुभव पनि छ रहेको छ। भेटुवालले तारकेश्वर अनलाइन सँग भने आफुले कार्ययोजनाको साथ उम्मेदवारी दिएको र वडा बासीको घरदैलो गएर बुझाउन जरुरी रहेको र राजनैतिक दल भन्दा माथी उठेको स्वच्छ छबि र ईमानदार जनप्रतिनिधि हाम्रो चाहाना वडाको बिकास र समृद्धिको लागी यस पटक स्वछ छबिको ,सक्षम, स्वतन्त्र उमेदवारलाई बिजयी गराउन वडा बासिहरुमा अनुरोध गर्नु भएको छ।