मोटरसाईकल चोरी गर्ने ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं ।मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।
हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको
सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको
ट्राफिक प्रहरी टोलीले काठमाण्डौ तार्केश्वर नगरपालिका वडा नं. ५
लोलाङ हाईट स्थित सडक खण्डबाट बास्तविक नम्वर परिवर्तन लु ६४
प ७३७५ नम्वर कालो निलो २२० सी.सी.को पल्सर मोटरसाईकल
चलाई रहेको अवस्थामा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं.
५ घर भई हाल काठमाण्डौं लोलाङ वर्ष २६ को सुदास लामालाई
मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ
उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभयो ।
उक्त मोटरसाईकलको वास्तविक नम्बर नम्वर बागमति प्रदेश ०२
– ०२५ प १०१० रहेको खुल्न आएको छ ।

उक्त पक्राउ भएको मोटरसाइकल ललितपुर गोदावरी
नगरपालिका वडा नं. ८ डुकुछाप बस्ने नवराज घिमिरेले निजको
घरबाट हराएको यस कार्यालयमा निवेदन दिएका थिए ।
पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकललाई चोरी
मुद्दाका अनुसन्धान कारबाहिका लागी प्रहरी परिसर जावलाखेलमा
पठाएको महाशाखाले जनाएको छ ।
पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई
हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना
संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक
कार्यालयले चलाएको छ ।