तारकेश्वर वडा न १०मा एमालेका उम्मेदवार घरदैलो अभियानमा

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि यतिबेला तारकेश्वरमा राजनीति दलका उम्मेदवारहरुलाई घरदैलो कार्यक्रमको चटारो छ। यसै क्रममा आज नेकपा एमालेले तारकेश्वर वडा नं १० मा घरदैलो अभियान गरेको छ।                घरदैलो अभियानमा माओबादी केन्द्र बाट ५ जना नेकपा  एमालेमा प्रवेस गरेको एमालेले जानकारी दिएको छ। पाटि प्रवेस गर्नेमा ऋिषि लोहनी ,सुमित्रा लोहनी ,नुरा दवाडी हिम अधिकारी , बिमला थापा अधिकारी,सबिना वाग्ले रहेका छन।                                            पाटि प्रवेस कार्यक्रममा बाग्मति प्रदेश सांसद योगेन्द् संन्गौला,तारकेश्वर का मेयर पदका उम्मेदवार रामेश्वर बोहोरा,उपमेयर पदका उम्मेदवार भवानी डोटेल , एमाले प्रदेश कमिटी सदस्य लब बोगटी ,जिल्ला कमिटी सदस्य मिना थापा , नेपाल बुद्विजीवी परिषद, जिल्ला कार्य समिति काठमाण्डौको सदस्य केशब अर्याल,वडा न १० का वडा अध्यक्ष अमृत थापा एमाले १० का वडा कमिटी अध्यक्ष श्याम महर्जन उपस्थिति रहेका थिए।