शिवपुरी वडा न १को अध्यक्षमा सुकुराम तामाङ विजयी

काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न १ को मतगणना सकिएको छ । पछिल्लो विवरण अनुसार वडा अध्यक्षमा गठबन्धनका नेकपा माओवादी केन्द्रका सुकुराम तामाङ विजयी भएका छन् । उनको टिमै विजयी भएको हो । तामाङले ९ सय ९२ मत हासिल गर्दै विजयी भएका छन। गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका गोबिन्द थपलियाले ५७१ मत प्राप्त गरेका छन् । बामगठबन्धन तर्फ पदम उप्रेतीले ८ सय ८० मत ल्याएका छन् भने उपाध्यक्षमा बिरबहादुर तामाङले ९ सय ५१ मत प्राप्त गरेका छन् ।त्यस्तै नेकपा एमालेका पालिका अध्यक्षका जितेन्द्र बिष्ट एक सय १ सय ६७ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवार मंगलामाया प्रजापतीले १ सय ५२ मत प्राप्त गरेका छन् ।