तारकेश्वर वडा न १ को अध्यक्षमा विदुर सापकोटा विजयी

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बिदुर सापकोटाको प्यानल नै विजयी भएको हो ।

सापकोटाले ८५८ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ७९८ मत ल्याएका छन ।