तारकेश्वर वडा न ४ को अध्यक्षमा नरेन्द्रदास श्रेष्ठ विजयी
काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नरेन्द्रदास श्रेष्ठको प्यानल नै विजयी भएको हो ।
श्रेष्ठले ७८५ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ६५० मत ल्याएका छन ।