बुढानिलकण्ठ वडा नं ३को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकास धिताल विजयी

काठमाडौ । बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकास धिताल विजयी भएका छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित भएका धितालले यस पटक पार्टीले अन्याय गर्दै टिकट नदिए पछी स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

hims school

२०७४ सालमा नेकपा एमालेले चार सदस्य जित्दा पनि नेपाली कांग्रेसको प्रतिष्ठा जोगाउदै सदस्य पदमा विजयी बनेर निकै सक्रिय जनप्रतिनिधिको पहिचान बनाएका धिताललाई वडावासीले न्याय गरेको चर्चा अहिले वडा नं  ३ मा चल्न थालेको छ।

२०७९ को निर्वाचनमा धितालले ५१२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र खड्काले ४७४  मत प्राप्त गरेका छन।