शिवपुरीमा समाजवादी र माओवादी बामगठबन्धनको अग्रता

काठमाडौ ।नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकाको वडा नं.२ को मतगणना सुरु भएको छ । १८७८ मतदाता रहेको वडा नं. २ मा १३७७ मत खसेको छ ।
वडा नं=२ मा नेपाली कांग्रेसबाट रुद्र बहादुर गुरुङ, नेकपा एमालेबाट कुल बहादुर तामाङ, नेकपा माओवादी केन्द्रबाट कुमार तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सञ्जय तामाङ वडा अध्यक्ष पदका उम्मेदवार छन् । हालसम्म ५०० मत गणना हुँदा माओवादीका उम्मेदवार कुमार तामाङले २२९ मत पाएका छन् भने उनलाई २०० मतका साथ नेपाली कांग्रेसका उम्मेदवार रुद्र बहादुर गुरुङले पछ्याइरहेका छन् ।
गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा वडा १ को मत समेत जोजिएको छ । हालसम्म माओवादी केन्द्र र समाजवादी गठबन्धनका पदम उप्रेतीको १०१८ र कांग्रेसका गोविन्द थपलियाको ७४४ छ । एमालेका जितेन्द्र बिष्टको २१० मत छ । त्यस्तै उपाध्यक्षमा हालसम्म गठबन्धन उम्मेदवार विर बहादुर तामाङको ११६७, नेपाली कांग्रेसका इन्दिरा थापा खड्काको ७६४ र एमालेका मंगलमाया प्रजापतिको १९७ मत छ ।