शिवपुरी वडा न ३ वडा अध्यक्षमा माओवादी केन्द्रका नाति तामाङ विजयी
काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा नं. ३ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । 

वडा नं. ३ को अन्तिम मतगणना परिणाम अनुसार वडा अध्यक्षमा नाति तामाङ सहित प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा निर्वाचित तामाङले ५५७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका अर्जुन रायमाझीले ३५६ मत प्राप्त गरे । अन्य वडा अध्यक्ष उम्मेदवारहरु नेकपा एमालेका देवेन्द्र लो तामाङले ३५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका यादव भण्डारीले १४६, स्वतन्त्र उम्मेदवार दिलिप ओझाले ६६ र नेपाली कांग्रेस बिपीका उम्मेदवार विकाश तामाङले २ मत प्राप्त गरे ।
त्यस्तै वडा नं. ३ को महिला वडा सदस्यमा साबित्री रिजाल, दलित महिला सदस्यमा सावित्री कामी र वडा सदस्यहरुमा फुलमान तामाङ र कृष्ण बहादुर तामाङ विजयी भएका छन् । वडा सदस्यमा निर्वाचित साबित्री रिजालले ५८१, सावित्री कामीले ५६७, फुलमान तामाङले ५२७ र कृष्ण बहादुर तामाङले ५३० मत प्राप्त गरे ।
महिला वडा सदस्य उम्मेदवार नेपाली कांग्रेसका सृजना तामाङले ४२१, नेकपा एमालेका माइली तामाङले ३२७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ललिता घिमिरेले ८८ मत पाए । त्यस्तै दलित महिला वडा सदस्य उम्मेदवारहरु नेपाली कांग्रेसका अप्सरा कलुवारले ३९५, नेकपा एमालेका कमला परियार वर्देवाले ३४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुधा नेपालीले ७३ मत पाए ।
वडा सदस्य उम्मेदवारहरु नेपाली कांग्रेसका सुन बहादुर लामाले ३९६, जित बहादुर तामाङले ३६५, नेकपा एमालेका सुकर्ण खतिवडाले ३५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सेते तामाङले ८७ तथा शम्भु प्रसाद भण्डारीले ६६ मत प्राप्त गरे ।
वडा नं. ३ को मतगणना सकिँदासम्म गाउँपालिका अध्यक्षमा माओवादी र समाजवादीको गठबन्धन उम्मेदवार पदम उप्रेतीले १८९६, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द थपलियाले १३८१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका जितेन्द्र बिष्टले ६०९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर प्रसाद पाण्डेले २३९ मत पाएका छन् ।
उपाध्यक्षमा माओवादी र समाजवादीको गठबन्धन उम्मेदवार विर बहादुर तामाङले २२०२, नेपाली कांग्रेसका उम्मेदवार इन्दिरा खड्काले १४३७, नेकपा एमालेका मंगलमाया प्रजापतीले ६४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बट्टाई अधिकारीले २६७ मत पाएका छन् ।