टोखाको मेयरमा अधिकारी र उपमेयरमा तामाङ विजयी
काठमाडौ । टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्।अधिकारी पहिला पनि मेयर रहेका थिए ।
नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका छन।
अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन् । कांग्रेसकी थापाले १० हजार १६६ मत ल्याइन् ।
यस्तै उपप्रमुखमा कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन्।