काठमाडौको मेयरमा बालेन साह र उपमेयरमा सुनीता डङ्गोल विजयी

काठमाडौं,। काठमाण्डौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वालेन्द्र साह निर्वाचित भएका छन्।  साहले ६१ हजार ७६७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।                   निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र नेकपा ९एमाले०का केशव स्थापीतले ३८ हजार ११७ भोट पाएका छन्। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाए। उपमेयरमा भने नेकपा (एमाले)की सुनिता डंगोल ६८ हजार ६१२ मत सहित निर्वाचित भइन्।