शिवपुरी बाट सन्तकुमार हर्क सांपाङलाई बधाई दिन धरान पुगे
काठमाडौ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा न ६ समुन्द्रादेवि अर्खौले बाट समाजसेवी सन्तकुमार तामाङको ६ जनाको टोली धरान उपमहानगरपालिकाका मेयर हर्क सांपाङ राईलाई बधाई दिन पुगेका छन। हर्क राई धरान उपमहानगरपालिकामा स्वतन्त्र बाट निर्वाचित मेयर हुन र यतिबेला उनले गरेको कामले चर्चामा रहेका छन। हर्क साङपाङको सोचबाट प्रभावित भई आफुहरुले भेट्न र बधाई दिन चाहेको ले धरान आई भेटघाट गरी अनुभव आदानप्रदान गरेकाे सन्तकुमार तामाङले तारकेश्वर अनलाइनलाई जानकारी दिए।