शुभकामना इङ्लिस बोर्डिङ स्कुलले गर्यो दीक्षान्त समारोह
काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ९ मा रहेको शुभकामना बोडिङ स्कुलले शनिबार दीक्षान्त समारोह सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका निर्देशक कृष्ण प्रसाद अधिकारी को अध्यक्षतामा भएको थियो । कार्यक्रममा विशेष अतिथि मदन कुमार अधिकारी र श्री देवेन्द्र महर्जन रहेका थिए। विद्यालयका प्रिन्सिपल कुमार ढकाल द्वारा कक्षा यु. के .जी . बाट प्रि स्कुल लेभल पार गरी कक्षा एकमा प्रवेश गरेका सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान स्वरूप प्रमाणपत्र प्रदान गर्दै Graduation hat पहिराई बधाई दिनुभएको थियो । कार्यक्रममा विधालयका सम्पूर्ण शिक्षक , शिक्षिका एवं सम्पूर्ण अभिभावकहरूको उपस्थितिमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।