शिवपुरी ७को ओख्रिनमा पर्यटन प्रवद्वन गर्ने फल्चा लघुजलविधुत र ढुङ्गे धारा शिलान्यास
काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न को ७को ओख्रिनमा पर्यटन प्रवद्वन गर्ने फल्चा लघुजलविधुत र ढुङ्गे धाराको आईतवार एक कार्यक्रम का विच शिवपुरी वडा न ७ का वडा अध्यक्ष वीर बहादुर तामाङले शिलान्यास गर्नु भएको छ। उक्त स्थान ओख्रिनमा समुत्थानशील बस्ती प्रा ली ले करिव ५२ ओटा घर निर्माण गर्ने मौलिक परम्परागत घर रहने र यश घरले यश क्षेत्रमा पर्यटन प्रवद्वन विकास गर्न होमस्टे घरवास कार्यक्रम सञ्चालन हुनेछ। काठमाडौ को टोखा देखि नुवाकोटको शिवपुरी गाउँपालिकामा टोखा शिवपुरी सम्पदा सर्किट निर्माण गर्न र पर्यटन प्रवदन र विकासमा लागिरहने सम्पदा सरक्षण अभियानता तथा अध्यक्ष मणिराज डङ्गोलले बताए । शिवपुरी वडा न ७ का अध्यक्ष वीर बहादुर तामाङले यश परियोजनाले यश क्षेत्रमा पयटन प्रवदन र विकास हुने र आफुले सक्दो सहयोग गन बताए ।
१६ जेष्ठ २०७९, सोमबार