आजबाट काठमाडौंको फोहोर उठ्ने,
काठमाडौ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौंको फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीच सहमति भएाको छ । सहमतिसँगै मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने बाटो खुलेको छ ।
काठमाडौंमा लामो समयदेखि थुप्रियको फोहोर बन्चरे डाँडा ल्याण्डफिल्ड साइटमा व्यवस्थापन गर्न स्थानीयले राख्दै आएका माग पूरा गर्न सरकार तयार भएको हो । काठमाडौंको फोहोरका कारण स्थानीयले लामो समयदेखि विभिन्न समस्या भोग्दै आए पनि सरकारले प्रतिवद्धता अनुसारको माग पूरा गर्न आनाकानी गरेपछि स्थानीयले अवरोध गर्दै आएका थिए ।