तारकेश्वरको बासुकी टोलमा ३ दिने योग शिविर सञ्चालनमा
काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ९ को बासुकि टोलमा ३ दिने योग शिविर आजबाट सुरु भएको छ। युवा नेपाल समिति र बासुकि योग साधना केन्द्रको आयोजनामा ३ दिने योग शिविर भएको हो । माउन्ट लार्के स्कुलमा आज वडा न ९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जनले शिविरको उद्वघाटन गर्नु भएको छ । उदघाटन गर्दै कार्यक्रमलाई सम्बोधन गर्दै भने वडा भित्रका नागरिकहरु स्वास्थ रहन योग राम्रो हुने र आफुले योग सञ्चालन गन सधैं सहयोग गर्न लागिरहने बताए ।कार्यक्रममा वडा सदस्य उज्वल अधिकारी तारकेश्वर अनलाइनका हरि भेटुवाल अतिथि रहेका थिए। योग शिविर आजबाट ३ दिन सम्म सञ्चालन हुने रमेश पाण्डेले जानकारी दिए।