तारकेश्वरमा एनप्याब्सनले गर्यो एकिकृत पाठ्यक्रम सम्बन्धि प्रशिक्षण
काठमाडौ । तारकेश्वर नगरपालिकामा एनप्याब्सन तारकेश्वरले नयाँ पाठ्यक्रम र पाठ्यसामग्री प्रबोधिकरण गर्ने उदेश्यले संचालन गरिएको पाठ्यक्रम र पाठ्यसामग्री अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ
मिलन धर्मस्थली स्कुलमा संचालित एक दिवसीय कार्यक्रममा कक्षा १ देखि ३ सम्म पढाउने करिव १०० जना शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको मिलन धर्मस्थली स्कुलका प्रिन्सिपल जयराम लामिछानेले बताउनुभयो ।
प्रतिक्षा गौतमद्धारा प्रशिक्षित सो कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने रहनुभएको थियो ।