शिवपुरीका महिला स्वास्थ्य स्वयंसेविकालाई १०दिने तालिम प्रदान

काठमाडौ । नुवाकोटका जिल्लाको  पुर्वि भेगमा अवस्थित  शिवपुरी गाउँपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविकालाई १० दिने तालिम प्रदान गरिएको छ ।स्वास्थ्य मन्त्रालय वाग्मती प्रदेशको कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय नुवाकोट र शिवपुरी गाउँपालिकाको आयोजनामा सो तालिम प्रदान गरिएको हो ।                   तालिमलाई सुनखानी स्वास्थ्य चौकीका २ जना नर्सिड कर्मचारीले सहजीकरण गरेको शिवपुरी गाउँपालिका स्वास्थ्य प्रमुख उद्धब कार्कीले बताए । समापन समारोहमा गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया वडा नम्बर ७ का अध्यक्ष बिरबहादुर तामाङले मन्तव्य राखेका थिए । गाउँपालिकाका अध्यक्ष थपलियाले जनस्वास्थ्यका विषयमा स्वास्थ्यकर्मी अनवरत खटेकाले शिवपुरीमा नराम्रो घटना नघटेकोमा आफू अत्यन्त हर्षित भएको बताए ।                                                   स्वास्थ्यकर्मीको सेवा र बिमामा गाउँपालिकाले कुनै कुरामा कमी नगर्ने लक्ष्य गाउँपालिकाको रहेको अध्यक्ष थपलियाले बताए । तालीममा सहभागीलाई अध्यक्ष थपलियाले प्रमाणपत्र तथा सम्मानपत्र समेत प्रदान गरेका थिए ।