तारकेश्वरमा असार ११ र १२ गते नागरिक सभा हुने

काठमाडौ । तारकेश्वर नगरपालीका र नर्थ काठमाडौं बिकास अभियानले नगरवासीबीच जनसरोकारका विषयमा अन्तरक्रिया गरेर नगरपालिकाका विकास निर्माणसहित सामाजिक अन्य बिषयमा नगरजवासी तथा जनप्रतिनिधिहरुको सामुहिक मुद्दा निर्माण गर्न असार ११ र १२ गते तारकेश्वर नागरिक सभा गर्न लागिएको छ। श्रीराम केसिले दिएको जानकारी अनुसार सभामा नगरपालिकाका ११ वटा वडा सहित महिला, वालवालिका, दलित, ज्यालादरी, भिन्न क्षमता भएका, गरिब बिपन्न लगायतका सबै तप्काको प्रतिनिधित्व सुनिस्चित गर्न सहभागिहरुको छनैट चिठ्ठाको माध्यम बाट गरिने छ। भोटर लिस्ट तथा याहाहरुले मनोनयन गर्नुभएका महानुभाबहरुको लिस्ट लगायत बाट सहभागिहरुको छनौट चिठ्ठा प्रणालीबाट गरिने छ।
यसरी छानिएका ३५ – ५५ जना स्थानीय बासिन्दाको समावेशी सहभागिता रहने यस तारकेश्वर नागरिक सभाले सहभागितामूलक विकास तथा पारदर्शी शासन व्यवस्थाको लागि टेवा पुराउने छ।