नेकपा एकीकृत समाजवादी नुवाकोटको बैठक सम्पन्न गरे यस्तो निर्णयहरु
काठमाडौ । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटि नुवाकोटको चौथो वैठक विदुरमा सम्पन्न भएको छ। बैठक जिल्ला अध्यक्ष गोविन्द नेपालीको अध्यक्षता तथा पोलिटव्यूरो सदस्य एवं इन्चार्ज राजेन्द्रप्रकाश लोहनीको प्रमुख आतिथ्यतामा बसेकाे थियो वैठकले निम्न निर्णयहरु गरेको नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी उपसचिव उदव पनेरुले जानकारी दिए।
१.स्थानीय तहको निर्वाचन २०७९ मा सहभागी भई विजयी हुने तथा पराजय हुने उम्मेदवार, मतदानमा सहभागी हुने मतदातालाई ध्न्यवाद दिने निर्णय भयो ।
२. स्थानीय तहको निर्वाचन २०७९ मा भाग लिँदा पार्टी स्थापनाको छोटो समय भएकाले प्रतिष्पर्धाको लागि पार्टी कमिटि सक्षम भइनसकेको ।
३. गठबन्धन जुन मर्म र भावना अनुसार भएको थियो , सो अनुसार गठबन्धन नभएको ।
४.नेकपा माओवादी केन्द्रसँग भएको सीमित सीटमा भएको गठबन्धनमा माओवादी केन्द्र जिम्मेवार नभएको, प्रभावकारीता र इमान्दारिता कायम नगरेको ।
५.पुर्नसंगठित हुँदै प्रभावकारी ढंगबाट संगठन निर्माण गर्दै अघि बढ्ने निर्णय भयो ।