टोखामा ग्रीन लाइफ हेल्थ केयरले गर्यो नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं,११ असार । टोखा नगरपालिका वडा न.६ मा ग्रीन लाइफ हेल्थ केयर र डाफे वस्ति टोल सुधार समितिको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । ‘स्थानीयद्वारा स्थानीयकै लागि’ भन्ने मुल नाराका साथ आयोजित स्वास्थ्य शिविरबाट ७४ जना सेवाग्राहीले सेवा लिएका छन् ।                           स्वास्थ्य शिविरमा सुगर,युरिक एसिड जाँच गरिनुका साथै नि:शुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा वीर अस्पतालका बरिष्ठ फिजिसियन डा.क्षितिज सापकोटा,कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. विप्लव अधिकारी र वीर अस्पतालको महिला प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. सजना श्रेष्ठले निशुल्क सेवा प्रदान गरेका थिए । ग्रीन लाइफ हेल्थ केयरले विशेषज्ञ चिकित्सक सेवा,एक्सरे,भिडियो एक्सरे,इसिजि,फिजियोथेरापि,डेन्टल,होम भिजिट सर्भिस,प्याथलोजि ल्याव र फर्मेसि सेवा दिदै आइरहेको छ ।

११ असार २०७९, शनिबार