शुभकामना इङलिस बोडिङ स्कुलले गर्यो अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ९ मा रहेको शुभकामना इङ्लिस बोर्डिङ स्कुलले शनिबार अजिमा पार्टी भेन्यूमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विधालयका प्रध्यानध्यापक कुमार ढकालले स्वागत मनतब्य राख्नु भएको थियो । कार्यक्रम विद्यालयका निर्देशक श्री कृष्ण प्रसाद अधिकारी ज्यूको अध्यक्षता भएको थियो। कार्यक्रममा संस्थाका शुभचिन्तक तथा भूतपूर्व श्रोतव्यक्ति रामेश्वर अधिकारी , सल्लाहकार सेवक मान महर्जन लगायत लगभग ४०० जना अभिभावकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा abacus Nepal संस्थाका प्रोपाइटर श्री तेजु नेपाल सरले Abacus बाट कसरी बालबच्चाले छिटो सम्झन सक्छन् भन्ने कुराको जानकारी दिएका थिए। कार्यक्रमका मुख्य आकर्षक ईश्वर श्रेष्ठले असल अभिभावकको भूमिका कसरी निर्वाह गर्न सकिन्छ, असल अभिभावक कसरी बन्ने,आफ्ना बच्चाहरूलाई कसरी लालनपालन गर्ने भन्ने सन्दर्भमा धेरै कुरा सिकाउनु भयो साथै उपस्थित सम्पूर्ण अभिभावकहरुलाई हर्ष,उल्लासका साथै आगामी दिनमा पनि यस्ता आयोजना गरिदिनु होला भन्दै आफूबाट भएका कुनै कमिकमजोरी सच्याउने बाचा गर्दै नाचगान सहित कार्यक्रम मनोरञ्जनात्मक तरिकाले सम्पन्न गरिएको थियो ।