शिवपुरीको गुर्जेमा पहिरोले पशु चौपाया मरे

काठमाडौ ।  नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न ६ समुन्द्रादेविको  गुर्जेमा पहिरो गएको छ । पहिरोमा परि स्थानीयको पशु चौपायाको मृत्यु भएको छ भने केहि घरका नागरिक विस्थापित भएका छन् ।                                                      गुर्जेका स्थानीय दिनेश तामाङको घर र गोठ पहिरोले पुरिदा २ वटा बाख्रा मरेका छ्न् । शुक्रबार राति परेको भारी वर्षासंगै गएको पहिरोले गुर्जे- खोलेगाउँ जाने सडक समेत अवरुद्ध भएको थियोे यद्यपि प्रहरी र स्थानीयको सहकार्यमा सडक डिभिजनको डोजर प्रयोग गरि सडक भने खुलाईसकेको नेकपा एमालेका युवा नेता लक्ष्मण तामाङले बताए ।                                                                                            पहिरो ले सन्तोष तामाङका परिवारका ४ सदस्य विस्थापित भएका छन् । सन्तोषका छोरा टिकाराम तामाङका ३ परिवार सदस्य र बिष्णु तामाङको परिवार सदस्य ४ जना बिस्थापित भएका हुन । हाल विस्थापितलाई सुरक्षित क्षेत्रमा स्थानतरण गरिएको तामाङले बताए ।पहिरो पश्चात् माओवादी केन्द्रका नेता तथा संघीय सांसद हितबहादुर तामाङ र वडा न ६ का अध्यक्ष बिष्णु  श्रेष्ठले पहिरोको निरीक्षण गरेका थिए । नेता तामाङले विस्थापितको तत्काल सुरक्षित स्थानमा स्थायी बासको ब्यवस्थापन गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् ।