स्वतन्त्र पत्रकार संघको चौथो रास्ट्रिय महाधिवेशन सम्पन्न

काठमाडौ । स्वतन्त्र पत्रकार संघको दशौ वार्षिक साधारण सभा तथा चौथो रास्ट्रिय महाधिवेशन नवलपुरको गैडाकोट मौलाकालिका मा सम्पन्न भएको छ।                      अधिवेशनले कृष्णप्रसाद बास्कोटा को अध्यक्षतामा नयाँं कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको छ।अधिवेशनले वरिष्ठ उपाध्यक्षमा केवी सम्राट ३ उपाध्यक्ष र महासचिव महेशजंग कुँंवर लगायत १७ जनाको कार्यसमिति चयन गरेको छ । अधिवेशनले केन्द्रिय सल्लाहकारमा डा इन्दुल केसीलाई मनोनयन गरेको महासचिव महेशजग कुँवरले जानकारी दिए।