तारकेश्वर वडा न ५ को वडा कार्यलयमा गए राति चोरी
काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ५ गोलढुङ्गामा वडा कायलयमा गए राति चोरी भएको छ। कार्यलय भवन गए राति अज्ञात समुहले मेन ढाेकाकाे ताला फुटाई प्रशासन शाखा ,याेजना शाखा सहित तीन ओेटा कार्यकक्षकाे ताला फुटाई चाेरि भएको छ। वडा न ५ का वडा सदस्य अनन्तमणि आचार्यले दिएको जानकारी अनुसार ताल्चा फुटाईएर सिसि टिभि मनिटर हार्डडिक्स १ ओटा र कम्युटर सेट ३ ओेटा चोरी भएको जानकारी दिए ।