पत्रकार दाहालले प्रेस युनियनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
काठमाडौ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल प्रेस युनियनको नर्वौ राष्ट्यि महाधिवेशनका लागि उम्मेदवारी घोषणा सुरु भएको छ । विगत आठ वर्षदेखि हुन नसकेको महाधिवेशन साउन ५।६ गते हुने निश्चित भएपछि कांग्रेस निकटका पत्रकारहरु चुनावी मैदानमा उत्रिएका छन् । यसै क्रममा नुवाकोट पुकार साप्ताहिकका प्रधान सम्पादक तथा प्रवन्ध निर्देश शुकदेव दाहालले पनि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । दाहालले एक प्रेस विज्ञप्ति मार्फत प्रेस स्वतन्त्रता,टे्ड युनियन,पेशागत सुरक्षा, मर्यादित पत्रकारिता हाम्रो प्रतिवद्धताको नारा सहित समग्र पत्रकारिता क्षेत्रको सुधार र श्रमजिवी पत्रकारहरुको हक हितका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाललले यसअघि पनि युनियनको महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका थिए । नुवाकोट बेलकोटगढी ६ दाहालथोकका दाहाल मोफलसहित राष्ट्यि दैनिक कमाण्डर पोष्टमा समेत कार्यकारी सम्पादकको भुमिकामा रहेर आठ वर्ष काम गरेका थिए । यस्तै जनपुरकार डट कममा सम्पादक रहेर पाँच वर्षको अनुभव सम्हालेका दाहाल हाल नुवाकोट पुकार र नुवाकोट पुकार डटकमा प्रकाशक तथा प्रधान सम्पादक रेहका छन् । उनले पत्रकारिताको विकास र विस्तारका लागि महाविधेशन प्रतिनिधिहरुसँग आफुलाई मत दिन अपिल समेत गरेका छन् ।