बागमती प्रदेस जनजाति महासंघ (समाजवादी)को अध्यक्षमा स्याङतान

काठमाडौ  । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को बागमती प्रदेश कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा मकवानपुरका राजाराम स्याङतान चयन भएका छन । स्याङतान नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्यसमेत हुन् ।
स्याङतानको नेतृत्वमा गठन भएको कमिटिको उपाध्यक्षमा चितवनका कुबेरसिहं लामा, काभ्रेका सञ्चित लामा र सिन्धुपाल्चोकका राम प्रसाद दनुवार रहेका छन । त्यस्तै सचिवमा दोलखाका बिक्कल श्रेष्ठ, सहसचिवमा धादिङका सुर्य घलान, रामेछापका राजकुमार रुम्बा र ललितपुरका अम्बिका श्रेष्ठ छन । कोषाध्यक्षमा भने काठमण्डौका देवराज डंगोल चयन भएको अध्यक्ष स्यांतानले जानकारी दिए ।
‘हामी जो जहाँबाट सम्भव छ, संगठित हुदैँ गइरहेका छौ,’- अध्यक्ष स्याङतानले भने- ‘मुल पार्टीलाई सहि दिशातर्फ मार्ग निर्देश गर्न र आदिवासी जनजातिको सवालमा गम्भीर बन्न यो संगठनले भुमिका खेल्छ ।’ उनले जनजाति समुदायभित्र पनि पार्टी प्रतिको आकर्षण बढेको समेत बताए ।