विदेशमा कमाएको पैसा विलासितामा खर्च हुँदैछ, उत्पादनको क्षेत्रमा लगानी गरौं मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले विदेशमा कमाएको पैसा विलासितामा खर्च भइरहेकाले त्यसलाई उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भएको छ । चन्द्रलोक प्रतिष्ठानद्धारा शुक्रबार आयोजित वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्य र समाधानका उपाय बिषयक अन्तरक्रिया एंव् बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले विदेशमा दुख गरेर कमाएको पैसा स्वदेशमा विलासिताका सामन किन्नमा खर्च भैरहेकाले त्यसलाई उत्पादनको क्षेत्रमा लगाउनु पर्ने बताएका हुन् । 
उहाँले विदेशी पुँजी र र सिपलाइ देशनिर्माणमा लगाउन सबैमा आग्रह समेत गरेका छन् । नेपालीहरुले दुख गरी विदेशमा पैसा कमाउनु हुन्छ तर त्यो पैसा विलासिताका सामान किन्नमा खर्च भइरहेको छ । त्यो रकमलाई उत्पादनका क्षेत्रमा लगाउन सक्यो भने बिस्तारै विदेश जाने बाध्यता पनि हटेर जान्छ र त्यसले रोजगारी पनि सिर्जना गर्छ, मन्त्री कुँवरले बतानु भयो ।
नेपालीहरु वैदेशिक रोजगारमा जानु रहर नभई बाध्यता भएकाले विदेशमा कमाएको पैसालाई पनि त्यहीअनुसार उपयोग गर्नमा उहाँले जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै मन्त्री कुँवरले गैरकानुनी रुपमा विदेश गएका कामदारहरुको शवलाई नेपाल ल्याउन नसकिरहेको अवस्थामा आफुले परराष्ट्र मन्त्रालयसंग आवश्यक छलफल गरिरहेका समेत जानकारी गराउनु भयो ।

वैदेशिक रोजगारको नाममा ठगिनेहरुको संख्या धेरै भएकाले यसबारे नागरिकहरु आफै सचेत हुनुपर्ने मन्त्री कुँवरको भनाई छ। विदेश जाँदा सबै जानकारी लिएर मात्रै जान उहाँले आग्रह पनि गर्नु भयो । रोजगारिका लागि विदेश पठाईदिन्छु भन्दै विभिन्न वाहानामा ठगि गर्नेहरुलाई उजुरीका आधारमा सरकारले कार्यवाही गरिरहेको समेत बताउनु भयो ।